कर्णाली प्रदेससभा विजनेशविहीन अवस्थामा

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, ४ फागुन । कर्णाली प्रदेससभा अहिले विजनेशविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यस्त हुनुहुन्छ । प्रदेशसभा सदस्यहरु व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् ।

सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले विजनेशविहीन बनाउर बैठक स्थागित भएको छ । अघिल्लो बैठक बसेको झण्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्काे बैठक बस्न सकेको छैन ।

प्रदेशसभाका ६ वटा बैठक भएको पाइएको छ । ति बैठकहरु सभामख , उपसभामुख , मुख्यमन्त्री चयन र विश्वासको मत लिनका लागि मात्र भएका थिए । प्रदेशसभाका विषयगत समिति समेत गठन गरिएको छैन । चारवटा समिति गठन गर्नुपर्ने हुन्छ ।

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि प्रदेशसभाको बैठक नियमित गर्नेगरी तयारी गरेको जानकारी दिनुभयाे । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्