पूर्व प्रधानमन्त्री खनाल आज भारत जाँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल आज भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

आज बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नु भएको हो ।

सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्