कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ ।

बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए भने कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए ।  उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीवाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका उपस्थित थियो ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्