चोलेन्द्रशम्शेर राणाको महाअभियोगको बिषयलाई टुङ्गोमा पुराउनुपर्छ : काँग्रेस नेता केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको बिषयलाई टुङ्गोमा पुराउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाले महाअभियोगलाई तरबार झुन्ड्याए जसरी राख्नु कानुनको उपहास र संविधानवादको विरुद्धमा भएकाले यसलाई टुङ्गोमा पुराउनुपर्ने बताउनुभएको हो । उहाले एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकोप्रति सम्बन्धीत निकायको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेसकै सांसद डा प्रकाशशरण महतले काठमाडौंको बसपार्क घटनामा मोबाइललगायत पसलमा दिनदहाडै लुटपाट मच्चिँदा पनि सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रासायनिक मल अभाव हुन थालेकाले बेलैमा मल आउने वातावरण बनाउन माग गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्