काठमाडौं, फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जानु हुने भएको ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लाग्नुभएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।










