पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

पाँचथर, २ फागुन । पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।

माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

हस्तबहादुर २९ गते नै भीरबाट लडे पनि श्रीमती सरिताले २ दिन ढिलो गरी प्रहरीमा निवेदन दिएको उनको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खान्द्रोङबाट खटिएको प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरको शव भेटिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्