आन्दोलनरत मजदुरद्धारा सार्वजनिक यातायात बन्द फिर्ता

खबर बुक
  • ख-
  • ख+

२ फागुन, काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएकाे  छ ।

सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको थियाे ।आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।


 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्