यातायात मजदुरद्धारा प्रदर्शन ,काठमाडौंको बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोघ प्रदर्शन गरेका छन् । ट्राफिक नियमविरुद्ध यातायात मजदुरले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमै सवारीसाधन तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन।

५ पटक ट्राफिक प्रहरीले चिट काटेपछि ६ महिना सवारी चलाउन नपाउने नियमविरुद्ध ​उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीले प्रहरीका २ वटा भ्यानमा आगजनी समेत गरेका छन  ।

यातायात मजदुरले आज नयाँ बसपार्क क्षेत्रको सडकमा सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका हुन्। बीच सडकमै सवारीसाधन राखेर उनीहरूले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात अवरुद्ध हुनुका साथै तनावग्रस्त भएको छ।

यातायात मजदुरले सडकमा सवारीसाधन राखेर विरोध प्रदर्शनमा उत्रिएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक ठप्प भएको छ। ५ पटक ट्राफिक प्रहरीले चिट काटेपछि ६ महिना सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरूले सडक अवरुद्ध गरेको सवारीचालकहरूले बताएका छन्।

अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायत क्षेत्रमा चक्काजामसमेत गरेका छन्। बीच सडकमै सवारीसाधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात ठप्प भएको छ। यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ।

मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन्। यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रु अलपत्र परेका छन्। उनीहरू हिँडेरै गन्तव्यतर्फ जान बाध्य भएका छन्। प्रहरीले अवरोध हटाएर यातायात सञ्चालन गर्न प्रयास गरिरहेको जनाएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्