फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्