सोमबारको विनिमय दर: अमेरिकी डलर स्थिर, युरोमा ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फाल्गुण ।नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। आईतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा छ। आइतबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसाले ओरालो लागेको छ  ।यस्तै, सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा तोकिएको छ। यसअघि आइतबार यसको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसामा कारोबार भएको थियो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ १० पैसा र बिक्रीमा ९१ रूपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा तोकेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा पाइन्छ। यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्