रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, २९ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ ।

टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्