राष्ट्रपतिको सवारीका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ : रघुजी पन्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २९ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पन्तले राष्ट्रपतिको सवारीका क्रममा सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भएको भन्दै यसमा दोष राष्ट्रपतिको नभइ सरकार र सुरक्षा संयन्त्रको भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।

उहाले सडक जामका क्रममा नागरिकको गाली सुन्न नसकेर लोगो छोप्नु परेको र मास्क लगाउनुपरेको जिकिर गर्नुभयो । सडकमा सवारी व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा सरकार गम्भीर हुनुपर्ने उहाको भनाइ छ ।

पन्तले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनलाई उपयुक्त तवरले व्यवस्थापन गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्