प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

घले नेपाली कांग्रेसबाट वि.सं. २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्