नेपाली काग्रेशका नेता प्रकाशमान सिहले उचित कानुनहरुको निर्माण नहुदाँ सघियता खतरामा परेको बताउनुभएको छ ।
प्रेश युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुदै सिहले संविधान कार्यन्वयनमा ध्यान नदिएको कारण संविधान र संघियतामाथि प्रश्न उठिरहेको भन्दै चिन्ता व्यत्त गर्नुभएको छ । संविधान विरोधीहरु सल्बलाइ रहेकाले अबका दिनमा कांग्रेश सहितका दल तथा सरकारले संघिय कानुनहरु निर्माण गरेर जनता माझ संघियताको महशुस हुने गरि कार्य गर्नुपर्ने बताउनुभएको ।
यस्तै अहिलेको गठवन्दन बारे प्रतिकृया राख्दै उहाले सरकारको कमजोरी १,२ महिनामा नै देखिन शुरु भैसकेको बताउनुभयो । सबै दललाई मिलाएर लान सक्ने पार्टी कांग्रेश भएकाले कांग्रेशले संविधान कार्यन्वयनमा नेत्तृत्व दायी भुमिका खेल्दै देशलाई आर्थिक प्रगति तर्फ अगाडि बडाउने बताउनुभएको छ ।











