नागढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको  पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् ।

दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे ठोक्किएका थिए ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्