राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने काँग्रेस नेता वस्नेतको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गर्नुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले सवै दलको सहयोगले नै राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गर्नुभएको हो । उहाले अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वारलाई सहयोग गर्नुपनेृ बताउनुभयो । एमालेको राष्ट्रपति भए अव पनि रबर स्ट्याम्प मात्रै हुने उहाले बताउनुभयो ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले संसदमार्फत राष्ट्रपतिले राखेका बिषयहरुलाई सरकारले मार्गदर्शनका रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाले मुलुकमा देखिएको आर्थिक लगाएतका सवै समस्यालाई समाधान गर्न एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्