परराष्ट्र सचिव पौड्याल भारत जाँदै 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ भदौ परराष्ट्र सचिव भरत राज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।

भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षिसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्