बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालत पाटन ललितपुरले २०७९ मंसिर २३ गतेको आठ लाख जरिवाना र तीन दिन कैद सजाय तोकी फरार रहेका जिल्ला झापाको दमकका दिनेश खतिवडालाई पक्राउ गरेको हो ।

हाल काठमाडौंको भिमसेनगोला बस्ने ४३ वर्षीय खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्