प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ- सभामुख

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको बिकास गर्नका लागि प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

उहाले खेलको माध्यमबाट राष्ट्रको चिनारी हुने भएकाले सवै मिलेर यस क्षेत्रलाई मागि उठाउनुपर्ने आवश्यता रहेको धारणा राख्नुभयो । सार्वजनिक संस्थानहरु मिलेर आयोजना गरेको प्रतियोगीताले खेलको बिभिन्न क्षेत्रमा थप योगदान पुग्ने उहाको भनाइ छ ।

बिहीबारबाट सुरु सार्वजनिक संस्थान खेलकुद प्रतियोगितामा बिभिन्न सार्वजनिक संस्थानका टीमहरुले व्याडमिन्टन खेलमा प्रतिष्पर्धा गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्