काठमाडौं, माघ २५ । सरकारले न्यायपालिका सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने तयारी गरेको छ ।
न्यायपालिकाको संरचनागत परिवर्तन र सुधारका लागि प्रस्तावित यस्तो आयोग अधिकारसम्पन्न र उच्चस्तरीय हुने कार्ययोजनामा उल्लेख छ ।
कानून मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको कार्ययोजनामा भनिएको छ, ‘न्यायपालिकामा संरचनागत परिवर्तन र सुधार गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन (गर्ने) ।’ कार्ययोजनामा २०८० असार भित्र यस्तो आयोग गठन हुने उल्लेख छ । कार्ययोजनामाथि प्रधानमन्त्रीको उपस्थितीमा सरोकारवाला मन्त्री, सचिवहरुबीच छलफल भइरहेको छ ।











