राष्ट्रियसभा उपाध्यक्ष अर्याल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ माघ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् ।

गत सोमबार उनी राष्ट्रिय सभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्