काठमाडौंमा पानीमा डुबेर बालिकाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिनुभयाे ।

लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो । घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताउनुभयाे ।

उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्