शाखा अधिकृतको लिखित परीक्षा स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।

आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।

सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्