कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माद्धारा कर्मचारीलाई ६१ बुँदे निर्देशन

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, २३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै  प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गर्नुभएकाे छ ।

मुख्यमन्त्री शर्माले ठूला नीतिगत र दीर्घकालिन विषयहरुभन्दा पनि तत्कालीन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रीत हुन आग्रह गर्नुभयाे ।

राज्यको स्थायी सरकार भएकाले कर्मचारीहरुको अनुभव, योग्यता र क्षमताका पूर्णरुपमा प्रयोग गरि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न सक्षम हुने कुरामा पूर्ण विश्वास रहेको औँल्याउनुभएकाे छ । शर्माले मन्त्रीहरुका लागि पनि आचार संहिता तयार भइरहेकको जानकारी दिनुभयाे  ।

यस्तै, मन्त्री शर्माले प्रदेशको सबै सम्पत्तीको अभिलेख चुस्तदुरुस्त राखि संरक्षण तथा सम्वर्द्धन गर्ने, चालु र्खचलाई न्यूनीकरण गर्ने र पुँजीगत बजेटलाइ वृद्धि गरी प्रभावकारी योजना बनाई कार्यान्वयन, ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’को दीर्घकालिन सोच लिएर ‘कर्णाली समृद्धि अभियान’को वाचा गरेर आएको, त्यसको खाका बन्दै गरेको र हरेक कन्त्रालयले यसको खाकालाई आन्तरिकरण गरी कार्यान्वयन योजना बनाउने जस्ता निर्देशन दिनुभएकाे छ ।

साथै मन्त्री राजकुमार शर्माले कामबाट उम्किन कसैलाई पनि छुट नरहेको बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्