मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी दीपक दाहालले जानकारी दिए।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्