प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले राय लिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्