काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले यस्ताे निर्णय लिएको हो ।
आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए।











