काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।
सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।
यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो।
पार्टीकाे बैठक अघि पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।
यस्तै सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।











