नेपाली भाषीलाई ‘बिदेशी’ भनेको भन्दै सिक्किमा आन्दोलन, ४८ घन्टे धर्ना जारी

खबर बुक
  • ख-
  • ख+

झापा, २२ माघ ।सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘बिदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए । शनिवार देखी भएको धर्ना आज पनि जारी रहनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्