काठमाडौं, २१ माघ । काठमाण्डौँमा आफ्नै छोरीको हत्या गरेर बुबाले पनि आत्महत्या गरेका छन् । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबु किशोर भण्डारीले आफ्नै सात वर्षीया छोरीको हत्यापछि आत्महत्या गरेका हुन् ।
रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेकाे प्रहरीकाे भनाइ छ । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएकाे छ ।









