नेपालमा आज कोरोनाका सक्रिय संक्रमित शुन्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २१ । पछिल्लो २४ घण्टामा नेपालमा आज कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

गएको २४ घण्टामा ३ सय ९५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार ४ जना कोरना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्