नेपालमा आज १ जनामा मात्र कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , माघ २० । पछिल्लो २४ घण्टामा नेपालमा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्