काठमाडौं, माघ २० । अत्यधिक रक्तश्रावका कारण सोलुखुम्बुमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
जिल्लाको सोताङ गाउँपालिका ५ की ३० वर्षीया गंगा बस्नेतको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जानकारी दिएको हो । अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बिहीवार हिजो सोताङ प्राथमिक अस्पतालमै अप्रेशनमार्फत् शिशु जन्माएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा बाटोमै ज्यान गएको बताउनु भयो ।
‘ओ नेगेटिभु रगत आवश्यक परेपछि सुत्केरीलाई जिल्ला अस्पताल फाप्लु रेफर गरिएको थियो । महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत् राति नै सोताङबाट फाप्लु ल्याइए पनि बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटोमै ज्यान गएको शेर्पाले बताउनु भयो ।
अहिले नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाएको छ ।









