चुरेबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनगढी, २० माघ ।  कैलालीको चुरेबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्