काठमाडौं, माघ २० । हवाई उड्डयन सम्बन्धी अहिलेको व्यवस्थाको परिमार्जन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी रिट निवेदन दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदनमा विशेषज्ञ सम्मिलित उच्चस्तरिय समिती गठन गरी अहिलेको कानून, नियम र सुरक्षा मापदण्डको पुनरावलोकन गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।











