केशव राय चौधरीले छाडे प्रभु साहको साथ

खबर बुक
  • ख-
  • ख+

जनकपुरधाम, २० माघ । प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह र ३ (क)बाट चौधरी निर्वाचित भएका हुन् । एमालेबाट टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए । तर, कुश्वाहा पराजित भए । निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए ।

अन्ततः चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्