सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ । प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।

बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्