अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक प्रताप साहको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन् ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर साह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो ।

बिहीवार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा साहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको प्रस्तावप्रति मुख्यमन्त्री आदित्यनाथले सकारात्मक रहेको भेटमा सहभागी नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्