२० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् ।बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको हो । बैठकपछि प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने दावी गर्नुभयो ।











