२० माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले शुक्रबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने बताइएकाे छ ।
तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आएका इस्माइलले पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। बिहान १० बजे सोल्टी होटेलमा हुने भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। स्माइलसँग दुई घण्टा लञ्च मिटिङ हुने तय भएको छ।











