कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ ।   कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ ।

बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्