काठमाडौं, १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।
उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ ।











