काठमाडौं, १९ माघ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै हुनुहुन्छ ।
श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लाग्नुभएकाे हाे ।
परराष्ट्रमन्त्री पौडेलले शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहाले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनुहुने छ । साथै उहाले त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ।









