सहमति पालना गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुको सिटी जुलुस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १८ । आफूहरूसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र विद्यार्थीहरूबीच गत भदौ ३० मा भएको सहमति पालना हुनुपर्ने भन्दै विद्यार्थीहरूले बुधबार माइतीघरदेखि बानेश्वरसम्म सिटी जुलुस निकालेका हुन् । उनीहरुले ‘सहमतिपत्र लागु गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

भदौ ३० मा चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसले भर्ना हुँदा विद्यार्थीहरूबाट विभिन्न दरमा एकमुस्ट लिएको रकम फिर्ता गर्न डीन कार्यालयबाट पहल गर्नेलगायतको सहमति भएको थियो । त्यसैको पालना गराउन भन्दै विद्यार्थीहरूले सिटी जुलुस निकालेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्