धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, १७ माघ । धनगढीमा ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्