काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ ।











