फाल्गुणा दहालको संस्मरणात्मक कृति ‘सम्झनामा’ सार्वजनीक

खबर बुक
  • ख-
  • ख+

धनगढी, १६ माघ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति ‘सम्झनामा’ सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुँक्त रूपमा विमोचन गर्नुभएकाे छ ।

मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्‍याए मात्रै शहिद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताउनुभयाे  । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐनमा समस्या भएको थाहा भएको बताउँदै समस्या समाधान गर्न लाग्ने उहाको प्रतिवद्धता थियो ।

कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताउनुभयाे  ।

मदन पुरस्कार विजेता रामलाल जोशीले सहिदको सहादातको स्मरणमा हुने समारोहहरूले जिम्मेवारहरूलाई खबरदारी गर्ने बताउनुभयाे ।

समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव गणेश बहादुर नेपाली र स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गर्नुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्