आज शहिद दिवस

खबर बुक
  • ख-
  • ख+

१६ माघ, काठमाडौं । आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १६ गतेका दिन मनाइने दिवसको अवसरमा आज पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन समर्पण गर्ने सहिदको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । वि.सं. २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । सहिद दिवसको अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्