२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नयाँ नागरिकता प्रदान – सहायक प्रजिअ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १५ । रवि लामिछानेले पुनः नेपाली नागरिकता लिनुभएको छ ।

उहाँले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गर्नुभएको हो । उहाँले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नयाँ नागरिकता प्रदान गरिएको उहाँले बताउनुभयो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाउनुभएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्