पुर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिने

खबर बुक
  • ख-
  • ख+

१५ माघ, काठमाडौं । पुर्व गृहमन्त्री  रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन्र । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा  लामिछाने  जाने बताइएकाे छ ।

सर्वोच्च अदालतले   रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने नदेखिएको फैसलामा उल्लेख छ ।

लामिछानेले चितवन क्षेत्र नंवर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिदा लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने पनि फैसलामा उल्लेख छ । सर्वोच्चको फैसलासंगै लामिछानेको पद खारेज भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताउनु भएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्